बीस हजार बालबालिकाले लिए पूर्ण खोप
नेपाली हेल्थ २०७३ असार १८ गते ७:१२ 0 झापा, १८ असार – जिल्लाका २० हजार ३०० बालबालिकाले पूर्ण खोप लगाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत ईश्वरी पौडेलका अनुसार जन्मेदेखि एक वर्षसम्मका २० हजार ३०० बालबालिकाले पूर्ण खोप लगाएका हुन् ।
सन् २०१७ सम्ममा नेपालका सबै बालबालिकालाई पूर्ण दिइने अभियानअन्तर्गत झापाका २० हजार बालबालिकाले पूर्ण खोप लगाइसकेको पौडेलले बताए । झापाका अहिले शनिअर्जुन र शिवसताक्षी गरी दुई नगरपालिकासहित छ गाविस पूर्ण खोपयुक्त गाविस घोषणा भएका छन् ।
पूर्ण खोपयुक्त गाविस धाइजन, शान्तिनगर, हल्दिवारी, बुधबारे, डाँगीबारी र गोलधाप रहेका छन् । दुवागढी गाविससहित विर्तामोड र गौरादह नगरपालिका पनि पूर्ण खोपयुक्त नगर घोषणाको तयारीमा रहेको खोप अधिकृत पौडेलले बताए ।
दुवागढी गाविस आज पूर्ण खोपयुक्त गाविस घोषणा हुँदैछ भने विर्तामोड २१ गते र गौरादह २२ गते पूर्ण खोपयुक्त नगर घोषणाको तयारी भइरहेको खोप अधिकृत पौडेलको भनाइ छ । रासस
सम्पर्क इमेल : [email protected]
-
सुर्खेत आँखा अस्पतालमा सेवा विस्तार
-
बिरामी बोक्ने एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद
-
बरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्तलाई यसवर्षको ‘कुलपति राष्ट्रिय नव-प्रवर्तन पुरस्कार’
-
एशिया प्यासिफिक जेरियाट्रिक नेटवर्क सम्मेलन-२०२५ सम्पन्न
-
नेपाल चिकित्सक संघ बागमती उपाध्यक्ष पदमा डा. अरुण शाहीको उम्मेदवारी घोषणा
-
-
सरकारद्धारा स्वास्थ्य मन्त्रालय अन्तर्गतका १५ वटा निकायको ‘ओएनएम’ गर्न पूर्व स्वीकृति प्रदान
-
सिअहेव यादव सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चिकित्सा शिक्षा आयोगद्धारा पिजी, एमडी/एमएस, नर्सिङ्ग लगायत विषयको सिट निर्धारण (सूचीसहित)
-
विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ७५.२५ प्रतिशत उत्तीर्ण
-
नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई व्यापारिक प्रचार–प्रसारमा नाम, फोटो नराख्न आग्रह
-







