विभागको निरीक्षणमा ४६ वटा विदेशी औषधि उद्योगमा मात्रै लागू भएको पाइयो डब्लुएचओ जीएमपी कम्प्लाएन्स

काठमाडौँ, ३ पुस । नेपालमा औषधि निर्यात गर्नका लागि आवेदन दिएका ६२ वटा विदेशी औषधि उद्योगमध्ये ४६ वटाले अनुमति पाएका छन् । औषधि व्यवस्था विभागले आवेदन दिएकामध्ये बंंगलादेशका ४ र भारतका ४२ वटा गरी कुल ४६ वटा उद्योगले डब्लुएचओ जीएमपी कम्प्लायन्स पुरा गरेको भन्दै नेपालमा औषधि निर्यात गर्न अनुमति दिएको हो ।
यसअघि विभागको टोलीले भारत र बंगलादेशका गरी कुल ६२ वटा उद्योगको अडिट तथा निरीक्षण गरेको थियो ।
आर्थिक वर्ष २०७८/ ७९ मा हामीकहाँ औषधि निर्यातका लागि ६२ वटा उद्योगले आवेदन दिएका थिए ।
‘आवेदनको आधारमा नै विभागले निरीक्षक पठाई सो उद्योग डव्लुएचओ जीएमपी कम्प्लायन्स छ कि छैन भनेर अडिट तथा निरीक्षण गर्दछ । त्यसले दिने प्रतिवेदनको आधारमा हामीले कम्पनी छनौट गर्दछौँ,’ विभागका महानिर्देशक भरत भट्टराईले भने ।
उनले गत आर्थिक वर्षको निरीक्षणको नतिजा अहिले आएको भन्दै अब डब्लुएचओ जीएमपी कम्प्लायन्स भएका कम्पनीहरुले तोकिएका औषधि नेपालमा पैठारी गर्नका लागि विभागका आवेदन दिन सक्ने बताए । विभागमा दर्ता भएपछि मात्रै तोकिएका आयातकर्ताहरुले तोकिएका उद्योगबाट तोकिएका औषधीहरु ल्याउन सक्छन् ।
यी हुन् डब्लुएचओ जीएमपी कम्ल्पायन्स भएका औषधि उद्योग तथा कम्पनीहरु
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

