स्पार्क हेल्थ होम अस्पतालमा शनिबार नि:शुल्क स्वास्थ्य शिविर हुने

240
Shares

काठमाडौँ, २९ मंसिर । स्पार्क हेल्थ होम अस्पताल कालिमाटीमा आगामी पुस २ गते शनिबार नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ । बाग्लुङ समाज कल्याण केन्द्र काठमाडौँको आयोजनामा शनिबार विहान ११ बजे देखि दिउसो ३ बजेसम्म नि:शुल्क स्वास्थ्य शिविर हुने भएको हो ।

अस्पतालका निर्देशक रुपेश अधिकारीका अनुसार निशुल्क स्वास्थ्य शिविरमा हाड जोर्नी तथा नशा रोग जाँच, जनरल फिजिसियन सेवा, फिजियोथेरापी सेवा, दाँत तथा मुखको जाँच सेवा, आँखा जाँच सेवा प्रदान गरिनेछ ।

यस्तै ब्लड सुगर तथा पिसाप जाँच पनि निशुल्क हुने छ ।

अधिकारीले शिविरमा स्वास्थ्य जाँच गराएकाहरुका लागि आवश्यक पर्ने औषधि समेत निशुल्क वितरण गरिने बताए ।

उनले प्रयोगशाला परीक्षण, एक्सरे, भिडियो एक्सरे, इसिजि, ईको आदिमा विशेष छुट प्रदान गरिने समेत जानकारी दिए ।

उनले निशुल्क स्वास्थ्य शिविरको लाभ लिनका लागि आम सर्वसाधारणलाई अनुरोध समेत गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *