गण्डकीमा हृदयरोग उपचार केन्द्र सञ्चालन

84
Shares

 

काठमाडौँ, २८ मंसिर । गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले पोखरामा हृदयरोग उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।

उच्चस्तरीय उपकरणद्वारा आधुनिक सघन उपचार कक्ष (सिसियु) मा राखी बिरामीको उपचार गर्न थालिएको सेन्टरका अध्यक्ष खुमाप्रसाद अर्यालले जानकारी दिए ।

दूर दराजका बिरामीको मुटु सम्बन्धी रोगको उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता न्युनीकरण गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालनमा ल्याइएको उनले बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज उक्त केन्द्र शुभारम्भ गर्दै यसबाट पोखरा र आसपासका मुटुका रोगी लाभान्वित हुने विश्वास व्यक्त गरे ।

स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले स्वास्थ्य सेवाका क्षेत्रमा निजी क्षेत्रले गरेको योगदान प्रशंसनीय भएको बताए ।

कलेजका प्राचार्य प्राडा रविन्द्र श्रेष्ठले ३०० शय्याबाट विभिन्न रोगको विशेषज्ञ सेवा सहित उपचार गर्दै आइएकामा सुधार गर्दै हाल ५५० शय्यामा पु¥याइएको जानकारी दिए । उक्त अस्पतालबाट दैनिक ७०० देखि ८०० सेवाग्राहीले बहिरङ्गबाट सेवा लिइरहेको र अन्तरङ्ग विभागमा २५० देखि ३५० विरामीको उपचार हुँदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *