मान्छे बायाँ हाते हुनुको रहस्य खोतल्दै वैज्ञानिकहरू

136
Shares

बीबीसी । वैज्ञानिकहरूले कुनै मानिस बायाँ हाते हुनुमा डीएनएमा हुने आनुवंशिक संरचनाको भूमिका भएको प्रमाण पहिलो चोटि फेला पारेका छन्।

मस्तिष्कको संरचना एवम् त्यसको काम गर्ने प्रणाली त्यसमा पनि विशेषतस् भाषिक सीपमा त्यो आनुवंशिक निर्देशक प्रणालीको प्रभावशाली संलग्नता देखिन्छ।

अक्सफर्ड विश्वविद्यालयक शोधकर्ताहरूका अनुसार परिमाणस्वरूप बायाँ हाते मानिसमा वाक्कौशल हुन सक्ने बताएका छन्।

तर मस्तिष्कको विकास र दायाँ वा बायाँ हाते हुनुबीचको सम्बन्धबारे विविध रहस्य यथावत् नै छन्।

अनुसन्धानले के भन्छ ?

दशजना मानिसमध्ये औसत एकजना बायाँ हाते हुन्छन्।

जुम्ल्याहा मानिसमा गरिएका शोधहरूले आमाबुवाबाट आएको वंशाणु डीएनएले त्यसमा भूमिका निर्वाह गरेको देखाइसकेको छ। तर त्यसको खास कुरा बल्ल पत्ता लाग्दैछ।

शोधकर्ताहरूको टोलीले चार लाख मानिसको डीएनए संरचनाको पूर्ण विवरण भएको यूके बायोब्याङ्कमा अध्ययनक गरेको थियो।

त्यहाँ विविररण राखिएका चार लाख मानिसमध्ये ३८ हजार मात्र बायाँ हाते छन्। वैज्ञानिकहरूले मानिसलाई बायाँ हाते बनाउन भूमिका भएका डीएनएका खण्डहरू पत्ता अथक प्रयास गरे।

ब्रेन जर्नलमा प्रकाशित अध्ययनले त्यस्ता चारवटा विशेष खण्ड फेला परेको देखाएको छ।

एक शोधकर्ता प्राध्यापक ग्वेनाइल डउडले बीबीसीलाई भनिन्, ‘अध्ययनले कुनै व्यक्ति बायाँ हाते वा दायाँ हाते हुने कुरा उसको आनुवंशिक पक्षसँग सम्बन्धित रहेको पहिलो पटक देखाएको छ।’

२५ प्रतिशत आनुवंशिक र ७५ प्रतिशत वंशाणुगत 

दायाँ वा बायाँ हाते हुनुमा २५ प्रतिशत आनुवंशिक र ७५ प्रतिशत वंशाणुगत गुणबाहेक अन्य बाह्य कारणको भूमिका भएको अध्ययनको ठम्याइ छ।

अहिलेसम्म अध्ययनले आनुवंशिक अवयवको जम्मा एक प्रतिशत र त्यो पनि केवल ब्रिटिश जनसङ्ख्यमा पत्ता लगाएको छ।

त्यसैले विश्वभरिका मानिसहरूको आनुवंशिक गुणबारे बुझ्न अझै धेरै काम गर्न बाँकी नै छ।

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *