डा.अरूण शाहीलाई उत्कृष्ट कार्यपत्रको अवार्ड प्रदान

140
Shares

काठमाडौँ, १८ मंसिर । सिंगापुरमा भएको विश्वभरका क्यान्सर रोग विशेषज्ञहरूको सम्मेलनमा मेडिकल अङ्कोलोजिस्ट डा.अरूण शाहीले प्रस्तुत गरेको कार्यपत्र उत्कृष्ट घोषित भएको छ ।

विभिन्न मुलुकबाट तीन हजार क्यान्सर रोग विशेषज्ञहरूको उपस्थिति रहेको सम्मेलनमा प्रस्तुत ३०० कार्यपत्रबाट डा. शाहीले प्रस्तुत गरेको कार्यपत्र सर्वोत्कृष्ट भएको हो ।

उनलाई बेल्जियमका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.इरिक भ्यान कटसेमले उत्कृष्ट कार्यपत्रको अवार्ड प्रदान गरेका थिए । डा. शाहीले खानपिन र दैनिक जीवनशैलीले हुने पेटको क्यान्सरको जोखिमबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

डिसेम्बर २ बाट सुरु भएको सम्मलेन तीन दिनसम्म चलेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *