झापामा चार महिनामा ३७ जना एचआइभी एड्सबाट संक्रमित

36
Shares

झापा, १५ मंसिर। झापामा चार महिनाको अवधिमा ३७ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो संख्यामा एचआइभी एड्स सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य कार्यालय झापाका एचआइभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसार दमकस्थित दमक अस्पतालमार्फत औषधि सेवन गर्ने गरी ११ तथा प्रादेशिक अस्पताल भद्रपुरमार्फत औषधि सेवन गर्ने गरी २६ एचआइभी संक्रमित थपिएका हुन् ।

गत वर्ष ३० जनामा एचआइभी एड्स सङ्क्रमण भएको थियो । जिल्लामा हाल छ सय ३६ एचआइभी सङ्क्रमितले नियमित औषधि ९एआरटी० सेवन गरिरहेका छन् ।

दमक अस्पतालअन्तर्गत दुई सय ११ र प्रादेशिक अस्पताल भद्रपुरअन्तर्गत चार सय २५ जनाले एआरटी औषधि सेवन गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता गरौँ’ नाराका साथ आज जिल्लामा विविधि कार्यक्रम गरी ‘विश्व एड्स दिवस’ मनाइँदैछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *