आधारभूत स्वास्थ्य सेवाबाट अझै पनि थुप्रै जनता बन्चित छन् : स्वास्थ्यमन्त्री खापुङ
योजना आयोगका सदस्य भन्छन्, 'सरकारले बाढ्दै आएको ७० प्रकारका निशुल्क औषधि स्वदेशमै बनाउन पर्यो'
काठमाडौँ, १२ मंसिर । स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्यका आधारभूत सेवा पाउनबाट थुपै ठाउँका जनता बन्चित भएको बताएका छन् । उनले आधारभूत सुविधा नपाएका जनतालाई सेवा उपलव्ध गराउने गरी स्वास्थ्यको नीति बनाउने र कार्यान्वयनमा ल्याउने अहिलेको आवश्यकता रहेको बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरको बोडेमा आज देखि सुरु गरेको राष्ट्रिय संयुक्त बार्षिक समीक्षा २०७८ /०७९ को उदघाटन गर्ने क्रममा मन्त्री खापुङले संविधानले उल्लेख गरेका स्वास्थ्यका न्युनतम मापदण्ड पुरा हुने गरी काममा लाग्न मन्त्रालय र मातहतका निकायका कर्मचारीलाई निर्देशन दिए ।
उनले गत एक वर्षमा मन्त्रालयले स्वास्थ्यमा केही महत्वपूर्ण काम गरेको दावी गर्दै त्यसलाई राम्रा कामलाई निरन्तरता दिदै थप कामका लागि अग्रसरता लिन समेत आग्रह गरे । मन्त्री खापुङले क्यान्सर, मुटु, मिर्गौला जस्ता नसर्ने रोगको उपचार पाउन सामान्य नागरिकलाई अहिले पनि असहज भएको भन्दे त्यसलाई सुधार गर्न समेत अधिकारीहरुलाई निर्देशन दिए ।
‘यो समीक्षाले क्यान्सर, मुटु र मिर्गौला जस्ता नसर्ने तर खर्चिलो रोगको उपचार सबै नागरिकको पहुच पुर्याउन सहयोगी होस्,’ उनले भने ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले कोभिड उपचार र नियन्त्रयमा सबैले गरेको भुमिकाको प्रशंसा गर्दै गत एक वर्षको समीक्षाले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले आज देखि सुरु भएको समीक्षा आन्तरिक मूल्यांकन गर्ने कार्यशाला भएको पनि बताए । उनले यो छलफलमा जनस्वास्थ्यका कामलाई अघि बढाउन बाधक भएका नीति नियम फुकाउन समेत सहयोगी बन्ने विश्वास गरे ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य उमाशंकर प्रसादले यो समीक्षाबाट आएका निष्कर्ष कसरी १६औ योजनामा समावेस गर्न सकिन्छ भन्ने बारेमा समेत छलफल अघि बढाईनुपर्ने बताए ।
उनले नेपालमा मेडिकल भिषाको कुरा अघि बढीरहेको भन्दै सरकारले दिदै आएको ७० प्रकारका निशुल्क औषधी स्वदेशमै कसरी उत्पादन गर्न सकिन्छ भन्ने कुरामा सबै सरोकारवालाहरु एक भएर अघि बढ्नु पर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंह, मन्त्रालयका अतिक्त सचिव, डा संगिता मिश्र, विकास साझेदार संस्थाका प्रतिनिधी नुर पन्त, स्वास्थ्य अन्तरगर्तका विभिन्न प्रतिष्ठानका उपकुलपति, केन्दीय तथा प्रार्देशिक सचिवहरु, मुलुकभरका विभिन्न संघीय अस्पतालका प्रमुखहरु तथा विकास साझेदार संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित थियो।
भोली सम्म सञ्चालन हुने समीक्षा कार्यक्रममा मन्त्रालय र विभाग, प्रतिष्ठान, संघीय अस्पताल, सातवटै प्रदेशका सचिवहरुले आफ्ना कार्यप्रगति विवरण प्रस्तुत गर्नेछन् ।
सम्पर्क इमेल : [email protected]