‘वर्ल्ड सीओपीडी डे’को अवसरमा महाराजगञ्ज क्याम्पसका विद्यार्थीको प्रभातफेरी
काठमाडौँ, ३० कात्तिक । ‘वर्ल्ड सीओपीडी डे’ को सन्दर्भ पारेर बुधबार विहान चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) महाराजगञ्ज क्याम्पसका विद्यार्थीहरु जनचेतनामुलक प्रभातफेरी कार्यक्रममा सहभागी भए ।
नेपाल मेडिकल स्टुन्डेट सोसाईटी महाराजगञ्ज क्याम्पसको आयोजना तथा औषधि कम्पनी सिप्ला लिमिटेडको प्राविधिक सहयोगमा भएको प्रभातफेरी कार्यक्रममा विद्यार्थीहरुले स्वास्थ्य सचेतनाका नारा लेखिएका विभिन्न प्लेकार्ड बोकेका थिए ।
अस्पताल परिसरमा विहान ७ बजे नै जम्मा भएका विद्यार्थीहरुले स्वास्थ्य सन्देश लेखिएका व्यानर तथा प्लेकार्ड बोकेर नारायणगोपाल चोक चक्रपथ हुँदै शहीद गंगालाल हृदयकेन्द्र बाँसबारीसम्म पुगेका थिए । प्लेकार्डमा बेलैमा उपचार गरे निको हुन्छ सीओपीडी र दम रोग, सास विना गासबास र कपासको के अर्थ ? लगायतका नारा लेखिएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा विद्यार्थीहरुले अस्पताल परिसरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरे । परिसरमै स्टल खडा गरेर आम सर्वसाधारणको स्वास्थ्य जाँच, सीओपीडी सम्वन्धी विशेष जाँच, साथै सचेतनामुलक प्रशिक्षण दिएका थिए ।
‘हामीले आज गरेको क्रियाकलापको खास उदेश्य सीओपीडीको बारेमा आम सर्वसाधारणमा सचेतना अभिबृद्धि र स्वास्थ्यका बारेमा जागरण ल्याउने भन्ने नै हो । यस्तो कार्यक्रम बर्षेनी गर्दै आएका छौँ,’ एक जना विद्यार्थी पवन शर्माले भने ।
यसपटकको वर्ल्ड सीओपीडी डेको नारा ‘योर लंङ्स फर लाईफ’ अर्थात ‘तपाईँको फोक्सो तपाईँकै लागि’ भन्ने तय गरिएको छ ।
के हो त सीओपीडी ?
सीओपिडी भन्नाले फोक्सोका रोगलाई बढावा दिनेहरुको त्यो समूहलाई बुझाउँछ जसले श्वासप्रस्वासमा अवरोध पुर्याउने गर्छ ।
संयुक्त राज्य अमेरिकामा मृत्युको चौथो मुख्यकारण बनेको यो सीओपीडीबाट एक करोड साठी लाख बढी अमेरिकीहरु प्रभावित भएको तथ्यांक छ । त्यसबाहेक रोग परिक्षण नगरेकाहरुको संख्या पनि करोडौँ हुनसक्ने अनुमान गरिएको छ ।
संयुक्त राज्य अमेरिकामा यो एउटा चिन्ताको विषय भएजस्तै भारतीय उपमहादीप आसपासमा पनि यो एउटा समस्याको रुपमा देखापरेको छ ।
नेशनल सेन्टर बायोटेक्नोलोजीका अनुसार भारतमा यसको बृद्धिदर निकै उच्च देखिएको छ । जसअनुसार भारतमा सीओपीडीका बिरामीहरु ३ करोड बढी भएको अनुमान छ ।
यता नेपालको तथ्यांक खोज्ने हो भने नेपाल स्वास्थ्य अनुसन्धान परिषदले केही अघि सार्वजनिक गरेको प्रतिवेदनलाई हेर्न सकिन्छ । परिषदले नसर्ने रोग सम्वन्धी भर्खरै सम्पन्न गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनमा २० वर्ष वा सो भन्दा माथिका १२ प्रतिशत मान्छेहरु सीओपीडीबाट पिडीत छन् । जसमा सबैभन्दा अगाडी २५.१ प्रतिशतका साथ कर्णाली प्रदेश रहेको छ ।
यसैबीच नेपालमा सीओपीडीको स्थितिलाई ध्यानमा राखी श्वासप्रश्वाससम्बन्धि रोगहरुका लागि औषधी उत्पादन गर्ने एक भारतीय अग्रणी औषधी उत्पादक कम्पनी सिप्लाले लेट्स टेक चार्ज ( जसको भावार्थ ः परबाह गरौं ) नामक अभियानका साथ विश्व सीओपीडी दिवस मनाएको छ । यसको मूल लक्ष्य सिओपिडीको बारेमा अनि यसको निदान र सुधारका लागि राष्टियस्तरमै जनचेतना जगाउनु रहेको छ ।
सिप्लाले विगतमा पनि नेपालमा सिओपिडी तथा श्वासप्रश्वास सम्बन्धी स्वास्थ्यको जनचेतना जगाउनका लागि नेपालमा सफल अभियान सञ्चालन गरिसकेको छ । जसमध्ये नेपाल रेस्पाईरेटरी सोसाईटीको सहकार्यमा सञ्चालन गरिएको गाँस, बास, कपास र सास अभियान मुख्य हो । जसले सास बिना गाँस, बास र कपासको के अर्थ भन्ने सन्देश बोकेको थियो जसको अर्थ अमूल्य सास भएन भने खाना, लुगाफाटा र आवासको कुनै अर्थ हुँदैन भन्ने हो ।
मह जोडीसँग आवद्ध भएर गरिएको यस अभियान मार्फत सिप्लाले ११ लाख मानिसहरु समक्ष यो सन्देश पु¥याउन सफल भएको बताइएको छ । यस्तै हाल दीपाश्री निरौलासँग थालनी गरिएको अभियान मार्फत हामी प्रारम्भिक निदानले जीवनमा ल्याउने सुधारको बारे जनचेतना फैलाउने प्रयास गरेको बताएको छ ।
आजको कार्यक्रमको झलक
सम्पर्क इमेल : [email protected]