सरकारी प्रयोगशालाकर्मी संघ नेपाल (गोलान) गठन

1.3k
Shares

 

काठमाडौँ, २६ कात्तिक । पेशागत हक हितको सुनिश्चिता तथा व्यक्तित्व विकासका लागि भन्दै सरकारी स्वास्थ्य संस्थामा क्रियाशिल प्रयोगशालाकर्मीहरुले छुट्टै पेशागत संस्था स्थापना गरेका छन् । उनीहरुले सरकारी प्रयोगशालाकर्मी संघ नेपाल (गोलान) स्थापना गरेका हुन् ।

सो संस्था जिल्ला प्रशासन कार्यलय काठमाडौँमा दर्ताको प्रक्रियामा अघि बढेको छ ।

त्यसका लागि राजेशकुमार गुप्ताको अध्यक्षतामा तदर्थ समिति गठन भएको छ ।

समितिको बरिष्ठ उपाध्यक्ष सन्तोष सुवेदी रहेका छन् । यस्तै उपाध्यक्षमा पदमानाभ घिमिरे, उपाध्यक्षमा खेमराज सापकोटा र महासचिवमा खुमराज शर्मा रहरेका छन् । यस्तै तदर्थ समितिको सचिवमा कृष्णप्रसाद जैसी, सचिवमा ईश्वरीप्रसाद भुसाल, र कोषाध्यक्षमा लेखनाथ भट्टराईलाई चयन गरिएको छ ।

सदस्यहरुमा परमानन्द भण्डारी, नविन कर्माचार्य, किरण पौडेल, शैलेश थपलिया, सुजाता श्रेष्ठ, अमित कार्की र श्रेष्का श्रेष्ठ चयन भएका छन् ।

संस्थाका उपाध्यक्ष खेमराज सापकोटाले तदर्थ समितिले छिटै केन्द्रीय सम्मेलनको आयोजना गरी नयाँ नेतृत्व चयन गर्ने बताए । उनले प्रत्येक प्रदेश र जिल्लामा समेत समितिहरु गठन गर्ने जानकारीदिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *