डेंगु संक्रमणबाट ५७ जनाको मृत्यु, ५१ हजार १७७ जना संक्रमित
काठमाडौँ, २४ कात्तिक । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमणबाट नेपालमा हालसम्म ५७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ५७ जना संक्रमितको मृत्यु भएको हो ।
त्यसैगरी ५१ हजार १७७ जनामा संक्रमण पुष्टि भएको छ । देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।
एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। त्यस यता नेपालमा बर्षेनी डेंगुका बिरामी फेला परेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]