दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन हुँदै

284
Shares

काठमाडौँ, २३ कात्तिक । आगामी शनिबार (२६ कात्तिक) देखि सुरु हुन लागेको दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । दुई दिन सम्म चल्ने यो सम्मेलन शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुुर र अंग प्रत्यारोण समाज नेपालको संयुक्त अयोजना हुन लागेको हो ।

काठमाडौँको नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा हुने सम्मेलनमा अमेरिका, जापान, भारत, बंगलादेश, स्लोभानिया तथा नेपालका ख्याति प्राप्त प्रत्यारोपण विज्ञहरु सहभागी हुनेछन् । यस्तै नेपालका समाजसेवी, पत्रकार कानून व्यवसायी तथा जिल्ला अस्पताल सम्मका अस्पताल प्रमुख र नर्सिङ्ग प्रमुखका पनि सहभागिता हुने बताइएको छ ।

विकासोन्मुख मुलुकहरुको लागि मृत्यु पर्यन्त अङ्गदान र प्रत्यारोपण भन्ने नारा दिईएको सम्मेलनको मुख्य उदेश्य जनचेतना अभिबृद्धि र अंङ्ग प्रत्यारोपण सम्वन्धी अनुभवको आदानप्रदान गर्नु रहेको आयोगक मध्ये एक प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए । उनले सम्मेलनको तयारी अन्तिम चरण पुगेको जानकारी दिए ।

सम्मेलनबाट विकासोन्मुख मुलुकमा रहेका अंगदान सम्बन्धि रहेका समस्या र सोको समाधान तथा मृत्यु पश्चात अंग दिन सकिने जुन प्रवाधानको व्यापक प्रयोग हुने र विदेशी मुलुकमा जस्तै अंग प्रत्यारोपण कार्य सूचारु हुने विश्वास गरिएको छ ।

उक्त सम्मेलनमा नेपालको तर्फबाट १६ वटा कार्यपत्र र विदेशी विज्ञहरुबाट १२ वटा कार्यपत्रहरु पत्रहरु प्रस्तुत हुने सूचि रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *