सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

180
Shares

रुकुमपूर्व, २२ कात्तिक । रुकुमपूर्व अस्पतालमा सुत्केरी भएकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका– ५ की ३४ वर्षीया सावित्री गुरुङलाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।

आइतबार राति रुकुमपूर्व अस्पतालमा गुरुङले छोरी जन्माएकी थिईन । अस्पतालका डा. नारायण बरालले बच्चाको श्वासप्रश्वास र आमाको स्वास्थ्यमा समस्या देखिएपछि थप समस्या नहोस भनेर जिल्ला बाहिर पठाइएको बताए ।

गुरुङलाई एम्बुलेन्सबाट अन्य सुविधासम्पन्न अस्पतालमा लैजान समस्या भएपछि नेपालगञ्जबाट हेलिकोप्टर मगाएर उद्धार गरिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमा गुरुङलाई सुर्खेत पठाइएको रेग्मीले बताए । गाउँपालिका अध्यक्ष रेग्मीको पहल र प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको समन्वयमा सुत्केरी गुरुङ र शिशुको उद्धार गरिएको हो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *