‘नक्कली चिकित्सक’ पक्राउ

264
Shares

सुर्खेत, ३० असोज । नक्कली चिकित्सक बनी ठगी गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगरबाट एक जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर ६ स्थित समाज डेन्टल केयर क्लिनिकका सञ्चालक २२ वर्षीय डिलबहादुर महतारालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

उनी जाजरकोट शिवालय गाउँपालिकाका बासिन्दा हुन् ।

प्रहरीका अनुसार वीरेन्द्रनगरको एक महिला महताराको क्लिनिकमा उपचारका लागि गएकी थिईन् ।

दाँत अध्यधिक दुखे पछि उपचारका लागि जाँदा उनलाई उनै महताराले दन्त चिकित्सकको रुपमा आफूलाई प्रस्तुत गर्दै उपचारका लागि अघि सरेका थिए । उनले ती महिलाको उपचार गरे जस्तो गर्दै दुखेको दाँत निकाल्नु पर्ने सुझाव दिएका थिए । सुझाव अनुसार महिलाले दाँत निकाल्नका लागि पैसा तिरिन । तर महताराले दुख्ने दाँतसंगै नदुख्ने दाँत पनि निकालिदिए ।

उनको काममा शंका लागेपछि ती महिलाले प्रहरीमा उजुरी दिएकी थिईन् । प्रहरीले गत बुधबार महतारालाई उनकै क्लिनिकबाट पक्राउ गरेको छ ।

‘उनी क्लिनिक संचालक हुन् । दन्त चिकित्सा सम्वन्धी कुनै अध्ययन् गरेको पाईएन्,’ जिल्ला प्रहरी प्रमुख एसपी पदबहादुर विष्टले अगाडी थपे ‘प्रारम्भिक बयानका क्रममा महताराले आफूले नक्कली चिकित्सकको रुपमा काम गर्दै आएको स्वीकार गरेका छन् ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *