डेंगु संक्रमणबाट ४२ जनाको मृत्यु, ३२ हजार ८९० जना संक्रमित

104
Shares

काठमाडौँ, २३ असोज । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमणबाट नेपालमा हालसम्म ४२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ४२ जना संक्रमितको मृत्यु भएको हो ।

त्यसैगरी ३२ हजार ८९० जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन पनि सबैमा आग्रह गरिएको छ । यसैबिच सरकाले डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ ।

एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *