डा. शेर बहादुर पुनलाई यसवर्षको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिने

काठमाडौँ, ११ पुस । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनलाई एनआरएनए ननरेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिकाले अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार -२०२२ प्रदान गर्ने भएको छ।

एसोसिएसनले डा पुनलाई ११ सय डलरको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

एसोसिएसनले डा पुनलाई प्राणघातक संक्रामक रोगबाट जोगाउन खेलेको भूमिकाको प्रशंशा गर्दै उक्त पुरस्कार प्रदान गर्न लागिएको जनाएको छ।

पुरस्कार राशिसहित तामप्रत्रबाट डा पुनलाई सम्मान गरिने एसोसिएसनले सोमबार डा पुनलाई पठाएको पत्रमा उल्लेख छ।

‘तपाईंले गर्नुभएको योगदानको उच्च प्रसंशा गर्दै हाम्रो संस्था एनआरएनए नन रेसिडेन्ड नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिकाले स्थापना गरेको यो वर्षको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार – २०२२ तपाईंलाई समर्पण गर्ने निर्णय गरेका छौँ,’  एसोसिएसनले पठाएको पत्रमा उल्लेख छ।

आफूलाई पुरस्कार प्रदान गर्ने निर्णयले सेवाको भावनाबाट विचलित नहुन थप प्रेरणा मिलेको डा पुनले प्रतिक्रिया दिएका छन्। ‘यस्ता प्राप्त हुने प्रशंसापत्रहरुले म आफ्नो बाटोबाट (सेवाको भावनाबाट) विचलित नभएको र नहुन प्रेरणा दिने गरेको अनुभूति गरेको छु,’ डा पुनले फेसबुकमा लेखेका छन्।
पुस ७ गते नेपालमा विशेष समारोह आयोजना गरी डा पुनलाई उक्त पुरस्कार प्रदान गरिने एसोसिएसनले जानकारी दिएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *