थप ७६ जनामा कोरोना संक्रमण, ८७ जना संक्रमणमुक्त

100
Shares

काठमाडौँ, ७ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ८७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ४ हजार ६९ नमुना परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३५, ललितपुरमा ५ र भक्तपुरमा शून्य गरी उपत्यकामा ४० जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ७१ रहेको छ । जसमध्ये होमआइसोलेसनमा १ हजार ३ सय २२ र संस्थागत आइसोलेसनमा ४९ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा रहेका मध्ये आइसीयूमा १० जना र भेन्टीलेटरमा शून्य संक्रमित उपचाररत रहेका छन् । आज पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *