नेपालमा १६ हजार भन्दा बढीमा डेंगु संक्रमण, २० जनाको मृत्यु

108
Shares

काठमाडौँ, ३ असोज । नेपालमा १६ हजार भन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर १६ हजार ५ सय ८७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा १२ हजार ४ सय १ जनामा डेंगु संक्रमण देखिएको छ ।

यस्तै, लुम्बिनीमा २ हजा ४ सय २२, प्रदेश १ मा ५ सय ४, सुदूरपश्चिममा ४ सय ९३, गण्डकीमा ३ सय २२, मधेश प्रदेशमा २ सय ४२, कर्णालमा २ सय ३ जनामा संक्रमण देखिएको छ । त्यसैगरी डेंगु संक्रमणबाट हालसम्म २० जनाले ज्यान गुमाएका छन् ।

नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। हालसम्म देशभरका सात वटै प्रदेशमा डेंगु संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन पनि मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

मन्त्रालयले डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *