आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षामा ९२ प्रतिशत उत्तीर्ण (नतिजा सहित)
काठमाडौँ, ३१ भदौ ।आयुर्वेद चिकित्सा परिषद् नेपालले शुक्रबार लिएको आयुर्वेद स्नातक (बीएएमएस) स्थायी नाम दर्ता (लाइसेन्स) परीक्षामा ९२.४५ प्रतिशत उत्तीर्ण भएका छन् ।
पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन् संस्थानमा कम्प्युटर विधिबाट लिइएको परीक्षा ५४ जना परीक्षार्थी मध्ये ४९ जना (९२.४५ प्रतिशत) उत्तीर्ण भएका हुन् । यो संगै नेपालमा आयुर्वेद चिकित्सक (स्नातक तह)को संख्या ८६३ पुगेको छ ।
अहिले परिषदले बर्षमा दुई पटक (भदौ र फागुन) स्नातक तहको लाइसेन्स परीक्षा लिने गरेको छ ।
परिषद्का प्रशासकीय अधिकृत दीपक भण्डारीले विसं २०७६ साल देखि बीएएमएसको परीक्षा लिएर स्थायी नाम दर्ता गर्न थालिएको बताए ।
उनले गतवर्षसम्म परीक्षा केन्द्र तोकेर पेपरमा प्रश्नपत्र दिएर परीक्षा लिने गरेपनि अहिले त्यसलाई कम्प्युटर विधिबाटै लिने व्यवस्था मिलाइएको बताए ।
‘नेपाल मेडिकल काउन्सिलले जस्तै पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन् संस्थानको हलमा लिइन्छ, अढाई घण्टाको परीक्षा हुन्छ । १५० वटा प्रश्न हुन्छ । त्यसमा ५० प्रतिशत बढी मिलाउने उत्तीर्ण हुन्छ,’ भण्डारीले परीक्षाबारेमा जानकारी दिए ।
उनले आजको परीक्षा विहान ११ बजे देखि सुरु भएर दिउसो साढे १ बजे सकिएको बताए ।
परिषद्ले स्थायी दर्ताको लागि स्नातक तहको परीक्षा लिए पनि स्नातकोत्तर तर्फ नाम दर्ताका लागि परीक्षा लिने गरेको छैन् ।
को को भए उत्तीर्ण ?

सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




