डेंगु नियन्त्रणका लागि विशेष पहल गर्न सरकारसँग सांसदको माग

84
Shares

काठमाडौँ, १९ भदौ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले बढ्दो डेंगु सङ्क्रमण नियन्त्रणका लागि विशेष पहल गर्न सरकारसँग माग गरेका छन् ।

सांसदहरुले मुलुककका ७२ जिल्लामा डेंगु को सङ्क्रमण देखिएको तर सरकार गम्भीर नभएकामा चिन्ता व्यक्त गर्दै आवश्यक पहलका लागि माग गरेका हुन्। सांसद मीनाकुमारी श्रेष्ठले डेंगुको रोकथाम र नियन्त्रणका लागि पहल गर्न आग्रह गरिन् ।

त्यस्तै बैठकमा सांसद शक्तिबहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णालीका सबै जिल्लाका लागि सेटेलाइटका माध्यमबाट उपचार गराउन माग गरे।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *