प्रजातन्त्रबादी चिकित्सक संघ गण्डकी प्रदेशमा नयाँ कार्यसमिति, अध्यक्षमा डा. श्रेष्ठ

360
Shares

काठमाडौँ, १३ भदौ । प्रजातन्त्रवादी चिकित्सक संघ गण्डकी प्रदेशमा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न संघको प्रथम अधिवेशनले डा सूर्यज्योति श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले संघको उपाध्यक्ष डा ईश्वर कँडेल, महासचिव डा प्रेम पंगेनी र सचिवमा आनन्द भट्टराईलाई चयन गरेको छ । यस्तै डा दीपेश कार्की संघको कोषाध्यक्ष बनेका छन्।

सदस्यमा डाक्टरहरु शिवशंकर शाह, रञ्जन पोखरेल, शेखर कायस्थ, रमेश आचार्य, गरिमा बराल, कृष्णा सापकोटा, शिव रेग्मी, ध्रुव पौडेल र हिमलाल भण्डारी छन् । डाक्टरहरु निकुञ्ज योगी, नीरज थापा, पूजन शर्मा, सुमन बराल र विवेक पराजुली प्रदेश सदस्य चयन भएका छन्।

अधिवेशनले गण्डकी प्रदेशका जिल्ला संयोजक पनि तोकेको छ ।

कास्की जिल्ला संयोजक डा रामजी बराल, स्याङ्जा संयोजक डा सुदीप रेग्मी, बागलुङ संयोजक डा शैलेन्द्र पोखरेल विक, मनाङ संयोजक डा मंगल हिराचन, तनहुँ संयोजक डा रामकुमार श्रेष्ठ तोकिएका छन्।

गोर्खा जिल्ला संयोजक डा विनोद दवाडी, नवलपुर संयोजक डा गंगा सापकोटा, लमजुङ संयोजक डा तिलक घिमिरे र मुस्ताङ संयोजक डा अनु शेरचन चयन भएका छन्। म्याग्दी र पर्वत संयोजक भने तोक्न बाँकी छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *