फ्रन्टलाईन अस्पतालको ‘सफ्ट ओपनिङ’
काठमाडौँ, ९ भदौ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पताल बिहीबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । अस्पतालका ‘चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्भिसेज’ डा चक्रराज पाण्डेले अस्पताल परिसरमा झण्डोत्तोलन र अध्यक्ष नवराज पाण्डेले मुख्यद्धारमा रिबन काटेर सेवा औपचारिक रुपमा आरम्भ भएको घोषणा गरेका थिए ।
बाहिरका पाहुँना नबोलाई आफ्नो अस्पताल आफै उदघाटन गरेका ‘बोर्ड अफ डाइरेक्टर्स’ले यसलाई फ्रन्टलाइन अस्पतालको ‘सफ्ट ओपनिङ’को संज्ञा दिएका छन् ।
फ्रन्टलाइन नोवेल फाउन्डेशनको नयाँ ‘विङ’ हो । यसअघि फाउन्डेशनले सिनामंगलमा नोवेल अस्पताल सञ्चालनमा ल्याएको थियो । सोही अस्पताललाई नाम र स्थान परिवर्तन गरी अहिले फ्रन्टलाइन बनाइएको हो । ‘यो बनाउन करीब ५०० करोड रुपैयाँ खर्च भएको छ’ अध्यक्ष पाण्डेले बताए ।
उनका अनुसार फ्रन्टलाइन अस्पताल अहिले कुल १०० शैय्या स्वीकृतिमा सञ्चालित छ । तर निकट भविस्यमै दुई सय शैय्याबाट सेवा दिने योजनामा जुटेको छ । त्यसका लागि स्विकृति लिने काममा अहिले जुटेको बताए ।
‘चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्भिसेज’का डा पाण्डेलेउपचारको क्षेत्रमा विशिष्टीकृत सेवा दिने हेतुले खोलिएको अस्पतालमा २८ वटा विभाग रहेको बताए । उनले उच्चतम प्रविधि र अत्याधुनिक उपकरणको माध्यमले विरामीलाई नेपालमै अन्तराष्ट्रिय स्तरको सेवा दिने कोशिश भइरहेको बताए ।
‘हामीले उत्कृष्ठ सेवा दिने र स्थानीय, राष्ट्रिय देखि अन्तराष्ट्रिय क्षेत्रबाट समेत सेवाग्राही आउन भन्ने उदेश्य लिएका छौँ र हामी त्यसमा सफल हुनेछौँ,’ डा पाण्डेले भने ।
करीव ५ अर्व लागतमा खुलेको अस्पतालमा अहिले चिकित्सक तथा नर्स र अन्य स्टाफ गरी करीव ३०० बढीले काम गरिरहेको बताए ।
डा पाण्डेले आम सर्वसाधारण र विपन्न नागरिकलाई उपचारको पहुँचमा पुरयाउनका लागि सक्दो प्रयास गरिरहेको बताए ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले मेडिकल टुरिजमलाई सहयोग पुग्ने गरी फ्रन्टलाइनको सेवा सुरु भएको बताए । उनले विपन्न नागरिकका लागि सरकारको नियम अनुसार १० प्रतिशत बेड छुट्याउनु पर्ने भन्दै त्यसको पालना फ्रन्टलाइनले पनि गर्ने दावी गरे ।
डा कार्की अहिले फ्रन्टलाइनको क्लिनिकल विभागको नेतृत्व सम्हालेका छन् ।
अस्पतालका सीओओ सुरेशकुमार मनोहरनले उपचारका लागि भारत सहित तेस्राो मुलुक जाने बिरामीलाई स्वदेशमै त्यहि स्तरको सेवा दिन सकिन्छ भन्ने हेतुले फ्रन्टलाइन अस्पताल सञ्चालनमा आएको बताए । उनले दक्ष प्रविधि उपकरण तथा जनशक्तिका कारण स्तरीय सेवा दिन सफल भएको बताए ।
औपचारिक आरम्भ हुनु अघि नै ३०० बढी सर्जरी
फ्रन्टलाइन अस्पतालको सेवा आजबाट औपचारिक आरम्भ भएको छ । तर अस्पतालमा ३०० बढी जटिल सर्जरी भईसकेका छन् । अनौपचारिक रुपमा सेवा प्रारम्भ गरेको पछिल्लो तीन महिनामा यी सेवा दिन सकिएको डा पाण्डेले बताए ।
उनले दिनानुदिन विरामीको चाप थपिदै गएको भन्दै अस्पतालले यो विश्वासलाई मेटिन नदिनका लागि हरसम्भव प्रयास गर्ने समेत बताए ।
डा पाण्डेका अनुसार यो अवधीमा डवल हिप रिप्लेसमेन्ट सर्जरी, अर्थोपेडिक सर्जरी, न्युरो सर्जरी, गाइने सर्जरी, इएनटी विभागले जटिल सर्जरी गरेका हुन् ।
सम्पर्क इमेल : [email protected]