प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना संक्रमण
काठमाडौँ, १७ साउन । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई कोरोना सङ्क्रमण भएको छ ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलका अनुसार मुख्यमन्त्री राईलाई हिजो सोमबार गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।
राईसँगै उनकी पत्नी शोभा पाठक,उनका राजनीतिक सल्लाहकार जीवन राईलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण भएसँगै मुख्यमन्त्री राईले भेटघाट लगायतका सबै कार्यक्रम स्थगित गरिएको पोखरेलले जानकारी दिए । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]