काठमाडौँ उपत्यकामा थपिए ३२४ जना संक्रमित

104
Shares

काठमाडौँ, १२ साउन । पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकामा ३२४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २४४ ललितपुरमा ६४ र भक्तपुरमा १६ जना गरी उपत्यकामा मात्रै ३२४ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ८०६ रहेको छ । जसमध्ये काठमाडौँमा २ हजार २९९, ललितपुरमा ४३९ र भक्तपुरमा ६८ जना रहेका छन् ।

आज देशभर ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधीमा २१५ जना डिस्चार्ज भएका छन्। भने कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

त्यसैगरी २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा बढी अर्थात १६८ जना संक्रमित भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *