स्वास्थ्य मन्त्री खापुङसंग भारत र बंगलादेशका राजदूतको भेटवार्ता

140
Shares

काठमाडौँ, ११ साउन । नेपालका लागि नव नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङसंग भेटवार्ता गरेका छन् । राजदूत श्रीवास्तवले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर मन्त्री खापुङसंग भेटवार्ता गरेका हुन् ।

सो अवसरमा राजदूत श्रीवास्तबले नेपाल भारतबीचको आफसी सहयोग र समन्वयले कोभिड १९ लाई सहज ढंगले परास्त गर्न सकिएको बताए । उनले भारत सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा थप सहयोग गर्ने समेत प्रतिवद्धता जनाए ।

मन्त्री खापुङले नेपाल भारतको सदिऔँ पुरानो ऐतिहासिक सम्बन्ध भएको भन्दै यसलाई आपसी हित र सहयोग निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले कोभिडको बेला स्वास्थ्य सामग्री र खोपमा भारतले गरेको सहयोगको सराहाना गरे ।

आजै मन्त्री खापुङले नेपालका लागि बंगलादेशका राजदूत सलाहुदिन नोमन चौधरीसंग पनि भेट गरेका छन् । सो क्रममा मन्त्री खापुङले नेपालले बंगलादेशसंग जलविद्युत र पर्यटनमा समेत सहकार्य गर्न ईच्छुक रहेको बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *