आगामी शनिबार ‘टेक्निकल एजुकेशन फेयर एण्ड करिअर काउन्सिलिङ’ आयोजना गर्दै केडीसी

काठमाडौँ, ५ साउन । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर तथा कान्तिपुर स्कुल अफ डेन्टिष्ट्रीले आगामी शनिबार (७ साउन)का दिन ‘टेक्निकल एजुकेशन फेयर एण्ड करिअर काउन्सिलिङ’ को आयोजना गर्ने भएको छ ।
बसुन्धरास्थित केडीसी अस्पताल परिसरमा हुने सो एजुकेशन फेयरमा स्वास्थ्य शिक्षाको महत्व, राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा यसको अवसरबारे जानकारी दिने मुख्य उदेश्य लिइएको छ ।
बिहीबार कार्यक्रमबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक डा सुजन न्यौपानेले एसईई उत्तीर्ण गरेपछि पढ्न सकिने सर्टिफिकेट इन डेन्टल साईन्स (डेन्टल हाइजिन) तथा डिप्लोमा ईन फार्मेसी कार्यक्रम तथा सर्टिफिकेट लेभल इन मेडिकल ल्याव टेक्नोलोजी तथा सर्टिफिकेट लेभल ईन डाइग्नोस्टिक रेडियोग्राफी विषयको महत्व र यसको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा भएका अवसरका बारेमा जानकरी दिने बताईन् ।
प्राविधिक शिक्षा तथा ब्यवसायिक तलिम परिषद (सीटीईभीटी) को सम्वन्धनमा सञ्चालित यी सबै विषयहरु केडीसी काठमाडौँ र कान्तिपुर स्कुल अफ हेल्थ साइन्स पोखरामा सञ्चालित छन् ।

पत्रकार सम्मेलनमा केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले एसईई दिएर बसेका कतिपय विद्यार्थीहरुमा भविस्य कुन रुपमा अघि बढाउने ? के विषय पढ्ने र के विषय पढ्दा कस्तो स्कोप छ भन्ने बारेमा चासो हुने भएकोले स्वास्थ्य प्राविधिक विषयका बारेमा आफूहरुले विद्यार्थी तथा उनीहरुसंगै आउने अभिभावकलाई काउन्सिलिङ गर्ने बताए ।
उनले सर्टिफिकेट लेभलका यी कार्यक्रमहरु यतिवेला देश तथा विदेशमा रोजगारी र स्वरोजगार सिर्जना गर्न सक्ने विषय बनेको बताए ।
शनिबारको कार्यक्रममा सहभागीहरुलाई आयोजकका तर्फबाट निशुल्क दन्त परीक्षण, स्वास्थ्य परीक्षण तथा दन्त स्वास्थ्य सम्वन्धी जानकारी जानकारी दिने समेत योजना रहेको संयोजक न्यौपानेले बताईन् ।
उनले परिसरमा रहने २१ वटा स्टलमा प्रोजेक्ट प्रदर्शन, दन्त तथा फार्मेसी उपकरण प्रदर्शन, कला प्रदर्शन, फुड स्टल, गेम स्टल, फेस पेन्टिङ्ग, फोटो बुथ आदि समेत रहने जानकारी दिईन् ।
एक दिने सो प्रदर्शनीमा करीब १० हजारको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




