स्वास्थ्य क्षेत्रको समस्या समाधानका लागि कर्मचारी नै अग्रसर हुनुपर्छ : राज्यमन्त्री केसी

काठमाडौँ २१ असार । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य क्षेत्रको समस्या समाधानका लागि कर्मचारी नै अग्रसर भएर लाग्नु पर्ने बताएका छन् ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतका मुख्य मुख्य कार्यक्रमहरुको ब्रिफिङ लिने क्रममा राज्यमन्त्री केसीले मंगलबार विभागमै पुगेर सो कुरा बताएका हुन् ।

‘स्वास्थ्य क्षेत्रमा समस्या धेरै छ । तर यसको समाधान पनि तपाईँहरुकै हातमा छ । त्यसैले आफ्नो दायित्व नभुल्नुहोला । ईमान्दारिताका साथ काम गर्नुहोला । त्यसका लागि राज्यमन्त्रीको हैसियतले मैले के सहयोग गर्नुपर्छ भन्नु होला,’ उनले कर्मचारीलाई निर्देशन दिने क्रममा भने ।

राज्यमन्त्री केसीले सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई आग्रह गरे । उनले भने, ‘थप बजेट आवश्यक परे पहल गर्छौ । विभागको स्तरोन्नतीका लागि के गर्नुपर्छ योजना बनाउनुस । सदैब सकारात्मक सहयोग रहन्छ । तर, आफ्नो स्वार्थभन्दा माथी उठेर काम गर्नुहोस् । ’

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले विभाग अन्तर्गतका मुख्य मुख्य कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा विभाग अन्तरगर्तका विभिन्न महाशाखाका प्रमुख तथा योजना शाखाका कर्मचारीहरुको सहभागिता थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *