टिचिङ अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम नरोक्ने

408
Shares

काठमाडौँ, १५ असार । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । अस्पतालले आज एक विज्ञप्ती जारी गर्दै १४ असार (हिजो)सम्म चलेको स्वास्थ्य बीमा कार्यक्रम आज (१५ असार) देखि पनि निरन्तरता दिईएको जनाएको छ ।
यसअघि अस्पतालले बीमा कार्यक्रम १५ असार देखि बन्द गर्ने बताएको थियो ।

अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीले एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य बीमा सुचारु गर्ने निर्णय भएको जानकारी दिए।

स्वास्थ्य बीमा बोर्डले असार १४ गते अस्पताललाई पत्राचार गर्दै स्वास्थ्य बीमा सम्बन्धी समस्यालाई यथाशीघ्र सम्बोधन गर्न स्वास्थ्य बीमा बोर्डको बैठक र चिकित्सकहरुसँग छलफल गरी समस्या समाधानका प्रक्रियाहरु अघि बढिसकेको जनाएको छ।

अस्पतालले दाबी गरेको बीमाको रकम सोधभर्ना पठाउने भन्दै बीमा बोर्डले पत्राचार गरेपछि अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *