यी हुन् गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएका स्वास्थ्यका ३४ बुँदा

पोखरा, २५ जेठ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

मङ्गलवार दिउँसो बसेको प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा स्वास्थ्यलाई प्राथमिकता दिइएको छ ।

प्रदेश प्रमुख गुरुङले पेश गरेको नीति तथा कार्यक्रमको सुरुवात स्वास्थ्यका कार्यक्रमबाट गरिएको छ ।

पहिलो देखि ३४ नम्बर बुँदासम्म स्वास्थ्यका विषय समेटिएका छन् । प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा गण्डकीले यसअघि देखि सुरु गरेको निशुल्क रगत कार्यक्रमलाई निरन्तरता दिईने, महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निशुल्क उपचार हुने व्यवस्था मिलाइएको उल्लेख छ ।

यस्तै जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रभावकारी ढंगले प्रदान गर्न प्रदेश सरकारसंग बा आमा कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । यस्तै किशोरीहरुको स्वास्थ्य सुरक्षाका लागि प्रदेश सरकारको प्रतिवद्धता मर्यादित महिनावारी र स्वच्छता कार्यक्रम अघि सारिएको छ ।

दुगर्म क्षेत्रका जटिलतामा रहेका गर्भवर्ती सुत्केरी र नवजात शिशुको जीवन रक्षाका लागि एयर लिफ्टिङ सेवालाई निरन्तरता दिईनेछ भनिएको छ ।

सुत्केरी आमा पोषिलो खाना कार्यक्रम सञ्चालनमा ल्याईने, विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम, एक विद्यालय एक नर्स कार्यक्रम क्रमश लागू गर्दै लगिने उल्लेख छ ।

हेरौँ स्वास्थ्यका विषय समेटिएका ३४ बुँदा :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *