‘१२ औँ सार्क इएनटी कंग्रेस’ काठमाडौँमा सुरु
काठमाडौँ, १३ जेठ । नाक, कान र घाँटी रोगका विशेषज्ञ चिकित्सकहरुको दक्षिण एसियाली क्षेत्रीय सम्मेलन (१२ औँ सार्क इएनटी कंग्रेस) आजबाट काठमाडौंमा सुरु भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेर सम्मेलनको उदघाटन गरेकी छन् ।
सो अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले विज्ञहरु सहभागी सम्मेलनबाट नाक, कान र घाँटी रोगको उपचारको क्षेत्रमा ज्ञानको अभिवृद्धि हुने बताईन् । उनले सम्मेलनमा हुने अन्तरक्रिया तथा छलफलबाट नाक, कान तथा घाँटी रोगको निदान,उपचार एवं विकास भएका नविनतम प्रविधिहरुको बारेमा थप अवगत हुने र आपसी सीप साटासाट हुने विश्वास व्यक्त गरिन् ।
दुई दिने सम्मेलनमा १२० वटा कार्यपत्र प्रस्तुत हुनेछन्। छलफलबाट नाक, कान, घाँटी रोगको उपचार विस्तारका लागि गर्नुपर्ने काम, प्रयोग गर्नुपर्ने प्रविधि जनशक्ति लगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।
सम्मेलनमा सार्क राष्ट्र सहित अमेरिकाबाट आएका करीब ५ सय विशेषज्ञहरुको सहभागिता रहेको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]