बागमती प्रदेशका जनतालाई काठमाडौँमा रगत नि:शुल्क

1.1k
Shares

काठमाडौँ १६ चैत । बागमती प्रदेश सरकारले आफ्ना प्रदेशबासीलाई रगत निशुल्क उपलव्ध गराउने यसअघि गरेको निर्णय कार्यान्वयनमा ल्याएको छ । बुधबार केन्द्रीय रक्तसञ्चार केन्द्र (व्लड बैंक) र स्वास्थ्य कार्यालय काठमाडौँबीच प्रदेशबासीलाई निशुल्क रगत उपलव्ध गराउने सम्वन्धी सम्झौँता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौँता अनुसार काठमाडौँमा वीर अस्पताल र टोखास्थित चण्डेश्वरी अस्पतालको सिफारिसमा केन्द्रीय रक्तसञ्चार केन्द्र (व्लड बैंक)बाट निशुल्क रगत उपलव्ध गराउने छ ।

‘प्रदेशवासीलाई तोकिएका अस्पतालको सिफारिसमा व्लड बैंंकबाट निशुल्क रगत उपलव्ध हुन्छ । बर्षको १० पिन्ट रगतको कुनै पनि शुल्क तिर्नु पर्दैन । रक्त क्यान्सर र रगत जन्य अन्य रोगहरु जसमा बढी रगत आवश्यक पर्छ, त्यसका लागि २० पिन्ट सम्म पूर्ण निशुल्क उपलव्ध हुन्छ,’ स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बसन्त अधिकारीले भने ।

यसअघि व्लड बैंकले परीक्षणको शुल्क बापत भन्दै क्रस म्याच गरेको रगत लिन जाँदा एक पिन्टको १ हजार २५० रुपैयाँ र क्रस म्याच नगरेको रगत लिन जाँनेसंग १ हजार १५० रुपैयाँ लिने गर्दथ्यो । अब सो शुल्क बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले सोधभर्ना गरिदिनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *