बालबालिकालाई पनि हुन सक्छ क्षयरोग, रोकथाम कसरी गर्ने ?

132
Shares

काठमाडौँ, १० चैत । बालबालिकामा फोक्सोको क्षयरोगका साथसाथै एक्स्ट्रा पल्मोनरी अर्थात फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोग (ग्रन्थि, आन्द्रा, मेनेन्जेस, हाड, प्रजनन तथा मूत्र प्रणाली, छाला, आँखा आदि) पनि हुने गर्दछ।

कस्ता बालबालिका क्षयरोगको जोखिममा हुन्छन् ?

१. कमजोर प्रतिरक्षा प्रणाली भएका, जस्तै :
– एचआइभी पोजिटिभ
– मधुमेह रोगी
– क्यान्सर रोग लागी केमोथेरापी गरिरहेका

२. क्षयरोग भएको व्यक्तिसँग बस्ने वा नियमित सम्पर्कमा आउने

३. घरबारविहीन र सडक बालबालिका

बालबालिकामा क्षयरोगका लक्षणहरु :

बालबालिकाको उमेरमा निर्भर भई हरेकमा फरक फरक लक्षणहरु देखा पर्न सक्छन्। ती मध्ये सबैभन्दा सामान्य लक्षणहरु यी हुन् ।
– ज्वरो आउनु,
– तौल घट्नु
– शारीरिक वृद्धि नहुनु
– लामो समयसम्म एकनासले खोकी लाग्नु
– ग्रन्थिहरु सुन्निनु

बालबालिकामा क्षयरोग रोकथाम कसरी गर्ने ?

– नवजात शिशुलाई बिसिजी खोप दिने
– क्षयरोगका लक्षण देखिएमा तुरुन्तै परीक्षण गराउने
– नियमित रुपमा औषधिको सेवन गर्ने
– व्यक्तिगत सरसफाइमा ध्यान दिने।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *