चौबिस घण्टामा थप ४५ जनामा कोरोना संक्रमण, १४७ जना संक्रमणमुक्त
काठमाडौँ, ७ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप १ सय ४७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार ९ सय ७८ पीसीआर नमुना परीक्षण गर्दा २४१ र १ हजार ७ सय ७४ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ४ गरी ४५ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।
त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ३५ सय रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी २ सय भन्दा बढी उपचारार्थ सक्रिय संक्रमित रहेका जिल्ला काठमाडौँ, ललितपुर, चितवन र बाँके रहेका छन् । मनाङ , रुकुमपूर्व, जुम्ला र बाजुरा जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको छ । भने आइसीयूमा २२ र भेन्टीलेटरमा ५ जना संक्तमित उपचाररत रहेका छन् ।
सम्पर्क इमेल : [email protected]