मिर्गौला, मुटु र कलेजोको परीक्षण नि:शुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

स्वास्थ्य मन्त्री खतिवडाको प्रस्तावमा मन्त्रिपरिषदका सबै सदस्यद्धारा अंगदान गर्ने घोषणा
356
Shares

काठमाडौँ, २६ फागुन । सरकारले मिर्गौला, मुटु र कलेजो रोगहरुको परीक्षण निस्शुल्क रुपमा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले ५० वर्षभन्दा माथिको उमेर समूहका नागरिकको वर्षको एक पटक निशुल्क रुपमा मिर्गौला, कलेजो, मुटु लगायतका रोगहरुको परीक्षण गर्ने निर्णय गरेको हो ।

यस्तै विहीबारको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेस गरेको ज्येष्ठ नागरिक अस्पताल स्थापनासम्बन्धी प्रस्ताव पनि स्वीकृत गरेको छ। स्वास्थ्य मन्त्रालयले सो अस्पताल निर्माणका लागि एक कार्यदल मार्फत् काम अघि बढाइएको जनाएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकमा सरकारका मन्त्रीहरुले मृत्यु पश्चात आफ्नो शरीरको अंगदान गर्ने घोषणा समेत गरेका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको प्रस्तावमा सबै मन्त्रीहरुले मृत्युपश्चात शरीरको अंगदान गर्ने घोषणा गरेका हुन्।

मन्त्री खतिवडाले स्वास्थ्य सेवा दिवस २०७८ का दिन  मृत्युपश्चात अंगदान गर्ने घोषणा गरेका थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *