स्वास्थ्यकर्मी दुवाडीलाई भविस्यमा स्वास्थ्य सेवाका लागि समेत अयोग्य ठहर गर्दै सेवाबाट बर्खास्त

6.0k
Shares

काठमाडौँ, १९ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका वैद्य निरीक्षक (छैटौँ तह) शोभा दुवाडीलाई भविस्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरेको छ ।

भ्रष्टाचार गरेको आरोप प्रमाणित भएपछि उनलाई भविस्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी स्वास्थ्य सेवाबाट बर्खास्त गरेको हो ।

मन्त्रालयले विहीबार सार्वजनिक गरेको सूचनामा लोकसेवा आयोगको परामर्श र स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा (२) को खण्ड (ख) अनुसार उनलाई २०७६ पुस ११ देखि लागू हुने गरी सेवाबाट बर्खास्त गरिएको उल्लेख छ ।

दफा ७४ को उपदफा २ ले भविस्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट वर्खास्त गर्न सकिने व्यवस्था उल्लेख छ । सोही उपदफाको खण्ड ख ले भ्रष्टाचार गरेमा यो सजाय हुने स्पष्ट तोकेको छ ।

सोही कारण उनलाई मन्त्रालयको सचिवस्तरीय निर्णयबाट बर्खास्त गरिएको हो ।

हेरौँ सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *