बिशेषज्ञ स्वास्थ्य सेवा सम्बन्धी प्रशिक्षक तालिम सम्पन्न

बुटवल, १७ फागुन । लुम्बिनीमा २४ जना स्वास्थ्यकर्मीलाई विशेषज्ञ स्वास्थ्य सेवा सम्वन्धी प्रशिक्षक तालिम दिईएको छ । तीन दिने उक्त प्रशिक्षक तालिम लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा संघीय स्वास्थ्य तथा जनसख्या मन्त्रालय, उपचारात्मक सेवा महाशाखाको प्राविधिक सहयोगमा भएको हो । उक्त तालिममा प्रदेशका १२ वटै जिल्लाका अस्पताल, स्वास्थ्य कार्यालय र फोकल पर्सन सहभागी थिए ।
प्रशिक्षक प्रशिक्षण तालिममा मुख स्वास्थ्य तर्फ प्रमुख कन्सल्टेन्ट डेण्टल सर्जन समेत रहेका स्वास्थ्य सेवा बिभागको उपचारात्मक सेवा महाशाखाका डा. प्रकाश बुढाथोकी र लुम्बिनी प्रादेशिक अस्पतालकी डा. बर्षा थापाले सहजीकरण गरेका थिए । यस्तै आँखा स्वास्थ्य तर्फ लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थानबाट नेत्ररोग बिशेषज्ञ डा.बसन्त कार्की र दृष्टि बिशेषज्ञ नम्रता पाण्डेले सहजीकरण गरेका थिए ।
यस्तै नाक कान घाँटी तर्फ लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख कन्सल्टेन्ट ईएनटी सर्जन डा. बिष्णु शर्मा र बरिष्ठ कन्सल्टेन्ट नेत्र राणा तथा सहजीकरणका तरिका र विधि बारेमा स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत. अरुण ज्ञवालीले प्रशिक्षण सहजीकरण गरेका थिए ।
यसअघि आयोजित औपचारिक कार्यक्रममा डा. बुढाथोकीले प्याकेज कार्यक्रमको बिकासक्रम, तालिम तथा अभिमुखीकरण कार्यक्रमका उदेश्यका बारेमा उल्लेख गरेका थिए । उनले अब संबिधानप्रदत्त गुणस्तरीय स्वास्थ्य सेवा,आधारभुत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा यी सेवा समाहित गरिसकिएकोले तथा त्यस्को स्तरीय उपचार पद्धती पनि निर्माण भईसकेकाले अध्ययन गरी हरेक स्वास्थ्य संस्थाहरुले सेवा एकरुपताका साथ गुणस्तर र सहजरुपमा दिनपर्ने र उचित समयमा र उपयुक्त स्थानमा प्रेषण गर्नपर्ने बताए ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव सचिव डा. विकास देबकोटाले प्रदेशका हरेक स्वास्थ्यसंस्थाबाट सेवा प्रदान गर्ने गरी प्रशिक्षक तयार पार्न तालिम सञ्चालन भएकोमा खुशी ब्यक्त गर्दे तालिमलाई ब्यवहारत ल्याऊन सहभागीलाई चनाखो रहन निर्देशन दिए ।
प्रदेशले स्वास्थ्यक्षेत्रमा सुचकहरुमा रामो सुधार गरेको र अझ धेरै प्रगति गर्न लागीपर्न बताउनु भयो ।मन्त्रालयका बार्षीक कार्यक्रमहरु र त्यस्को कार्यान्वयनमा जोड दिएका थिए ।
तालिम कार्यक्रमका अध्यक्ष तालिम केन्द्रका नि.निर्देशक नेत्र अर्यालले तालिमका फाईदा,बिशेषज्ञ सेवाका रोग, जटिला तथा आर्थिक हानी बढी हुने बिशेषज्ञ सेवाको रोकथाम,आधारभुत उपचार जतिसक्दो छिटो हरेक स्वास्थ्य संस्थामा पुरयाउन पनि बताएका थिए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




