स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको आठौँ शिखर सम्मेलन २७ देखि २९ चैतमा

288
Shares

काठमाडौँ, १३ फागुन ।  स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको आठौँ राष्ट्रिय शिखर सम्मेलन आगामी २७ देखि २९ चैतसम्म काठमाडौँमा हुने भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा हुने शिखर सम्मेलनका लागि यसवर्षको थिम ‘स्वास्थ्य नीति र प्रणाली अनुसन्धानको उन्नती : नेपालमा उन्थानशील स्वास्थ्य प्रणालीका लागि पाठ’  राखिएको छ ।

‘शिखर सम्मेलनका लागि साइन्टिफिक कमिटिले थिम तोक्यो, मिति तय गरेको थियो । विहीबार बसेको स्टेरिङ कमिटिले त्यसलाई स्वीकृति प्रदान ग¥यो । विहीबार बसेको स्टेरिङ कमिटिले त्यसलाई स्वीकृति प्रदान गर्‍यो । अब २६ फागुनसम्म सोधपत्र बुझाउनका लागि समय तोकिएको छ । त्यसबाट कति ओरल र कति पोष्टर पेपरहरु छनौट गर्ने भन्ने निर्णय हुन्छ ।,’ परिषद्का कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवालीले बताए । उनले क्लिनिकल रिसर्च, बायोमेडिकल सिर्चर र अरु स्वास्थ्यका रिसर्चमा सम्मेलन केन्द्रीत रहने समेत बताए ।

अघिल्लो बर्ष कोभिड महामारीका कारण पुरै सम्मेलन भर्च्युअल रुपमा सम्पन्न गरेको परिषद्ले यसपटक अवस्था हेरेर भौतिक उपस्थितिमा गर्ने कि भर्च्युअलमा गर्ने भन्ने निर्णय लिईने बताएको छ ।  यद्धपी अहिले पनि विश्वका कतिपय देशबाट पाहुनाहरु आउन अफ्टेरो हुने देखिएकोले केही प्रस्तुतिकरणहरु भर्च्युअल रुपमा हुने निश्चित भएको उनले बताए ।

परिषदले यसपटक पनि ३०० बढी वैज्ञानिकहरु सम्मेलनमा सहभागी हुने अनुमान गरेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *