ललितपुर महानगरले उमेर पुगेर पनि छुटेका सबैलाई फाइजर खोप लगाईदिदै
ललितपुर, १३ फागुन ।ललितपुर महानगरपालिकाले आगामी सोमबार (१६ फागुन)का दिन सबै वडामा कोभिडविरुद्धको फाइजर खोप सञ्चालन गर्ने भएको छ ।
१२ वर्ष देखि माथिका सबै खोप लगाउन छुटेकालाई पहिलो डोज, पहिलो डोज लगाईसकेकालाई दोस्रो डोज र बुस्टर डोज लगाउने अवधी पुगेका तर लगाई नसकेकाहरुलाई बुस्टर डोज दिईने महानगरले जनाएको छ ।
महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख सागर थापाका अनुसार यसअघि खोप लिईसकेकाहरुले थप खोप लिनका लागि खोप कार्ड लिएर आउनु पर्ने, पहिलो डोज लिनका लागि उमेर खुल्ने परिचय पत्र लिई आउनु पर्ने बताएको छ ।
खोप लगाउने कार्यक्रम विहान १० देखि ४ बजेसम्म हुने महानगरले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




