ललितपुर महानगरमा आज देखि कोभिडविरुद्धको बुस्टर डोज, १८ वर्ष माथिका सबैले पाउने

104
Shares

ललितपुर, ९ फागुन । ललितपुर महानगरपालिकाले आज देखि कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज सञ्चालन गर्ने भएको छ । दोस्रो मात्रा लगाएको ६ महिना पुगेका १८ वर्ष माथिका सबैलाई आज र भोलि ( ९ र १० फागुन) बुस्टर डोज दिईने महानगरपालिकाले जनाएको छ ।

महानगरले खोप अभियान २९ वटा वडामा सञ्चालन हुने समेत जनाएको छ ।

खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ।

खोप लगाउन सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न र अघिल्लोपटक खोप लगाएको कार्ड अनिवार्य लैजान महानगरपालिकाले आग्रह गरेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *