चौबिस घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौँ, ४ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप १ हजार ६ सय जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन बिधिबाट ९ हजार ७५६ जनाको नमुना परीक्षण भएकोमा ६३९ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २५१ सय रहेको छ ।
त्यसैगरी आज कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



