प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को चिकित्सकमा डा. शैल रुपाखेती नियुक्त

1.2k
Shares
– डा. शैल रुपाखेती

काठमाडौँ, ३ फागुन । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा डा. शैल रुपाखेतीलाई नियुक्त गरेको छ ।

गत २४ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले डा रुपाखेतीलाई विशिष्ट श्रेणीको सेवा सहित मन्त्रिपरिषद चिकित्सकमा नियुक्त गरिएको हो।

प्रधानमन्त्री कार्यालयले गत आइतबार डा रुपाखेतीलाई नियुक्तिको पत्र दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लक्ष्मण अर्यालद्धारा हस्ताक्षरित पत्रमा  ‘नेपाल सरकार मन्त्रिपरिषदको माघ २४ गतेको निर्णयअनुसार तपाईंलाई प्रधनमन्त्री तथा मन्त्रिपरिषदको (विशिष्ट श्रेणी) चिकित्सक तोकिएको व्यहोरा सहर्ष जानकारी गराउँदछुु, भनि उल्लेख छ ।

डा. रुपाखेती स्टार अस्पतालका कार्यकारी निर्देशक हुन्।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *