चौबिस घण्टामा थप ८३६ जनामा कोरोना संक्रमण, १८२६ जना संक्रमणमुक्त

124
Shares

काठमाडौँ, २९ माघ। पछिल्लो चौबिस घण्टामा देशभर थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप १ हजार ८२६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन बिधिबाट ६ हजार ६५४ जनाको नमुना परीक्षण भएकोमा ८३६ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १०२ रहेको छ । आइसीयूमा २ सय जना भेन्टीलेटरमा ३४ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८८२ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *