नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्विकृत

424
Shares

काठमाडौँ, २५ माघ । सरकारले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना (२०२१-२०२५) स्विकृत गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी दिएका हुन्।

यो कार्य योजना विश्व स्वास्थ्य संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको हो । यसअघि यस्तै कार्ययोजना (सन् २०१४ – २०२०) पनि बनाइएको थियो ।

‘खासगरी नेपालमा नसर्ने रोगको अवस्था, यसका रोकथाम तथा नियन्त्रणका उपायहरु के कसरी अवलम्बन गर्ने विषयमा योजना बनाइएको छ । त्यहि स्विकृत भएको होला,’ स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका नसर्ने रोग हेर्ने डा फणिन्द्र बरालले भने ।

नेपालमा नसर्ने रोग लाग्नेहरुको संख्या झन् झन् बढदो क्रममा छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *