नर्सिङ लाइसेन्स परीक्षा १२ चैतमा हुने
काठमाडौँ, २५ माघ । नेपाल नर्सिङ परिषद्ले यसवर्षको अन्तिम नर्सिङ तथा मिडवाइफ्रि लाइसेन्स परीक्षा आगामी १२ चैतमा गर्ने भएको छ । परिषद्ले परीक्षामा सहभागी हुनका लािग २६ माघ (भोलि) देखि २६ फागुनसम्म फारम खुलाउँदै छ ।
परिषदले तोकिएको समयमा फारम भर्न छुटेकाहरुले दोब्बर दस्तुर तिरेर २७ फागुन देखि ३ चैतसम्म भर्न सक्ने जनाएको छ ।
परीक्षामा सहभागी हुनका लागि नर्सिङ तर्फ पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ तथा मिडवाइफ्री तर्फ बीएमएस पास गरेको हुनुपर्ने बताईएको छ ।
परिषदले नर्सलाई ३१०० रुपैयाँ र विलम्ब शुल्कको रुपमा ६१०० रुपैयाँ शूल्क तोकेको । मिडवाइफहरुको शुल्क ४१०० रुपैयाँ र विलम्ब शुल्क ८१०० रुपैयाँ तोकेको जनाएको छ ।
परीक्षा अढाइघण्टाको हुने र त्इसमा १५० वटा प्रश्न सोधिने र त्यसमा ५० प्रतिशत अंक ल्याएपछि पास भइने समेत परिषदले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]