चौबिस घण्टामा थप १,५७० जनामा कोरोना संक्रमण, ६,१४६ जना संक्रमणमुक्त
काठमाडौँ, २४ माघ। पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ६ हजार १४६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन बिधिबाट ११ हजार ३६५ जनाको नमुना परीक्षण भएकोमा १ हजार ५७० जनाको रीपोर्ट पोजेटिभ आएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार १ सय ११ रहेको छ । आइसीयूमा २ सय ५५ जना भेन्टीलेटरमा ४२ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी आज कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २७ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]