नेपाल भित्रियो साढे ४ करोड बढी कोभिडविरुद्धको खोप

972
Shares
  • रामप्रसाद न्यौपाने
फोटो : डब्लुएचओ नेपाल

काठमाडौँ, २२ माघ । कोभिडबिरुद्धको खोप अभियानका लागि नेपालले अहिलेसम्म साढे ४ करोड बढी खोप भित्र्याईसकेको छ । केही अनुदान, केही ऋण सहुलियत र केही खरीदबाट ती खोप भित्र्याएको हो ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार गत सातासम्म ४ करोड ५७ लाख ८ हजार ६४० डोज खोप भित्रिएको छ । त्यसमध्ये १ करोड २० लाख डोज खोप मात्रै सरकारले खरीद गरेको हो । बाँकी खोप विभिन्न दातृ राष्ट्र निकाय, कोभ्याक्स सुविधा, विश्व बैंकको ऋण सहुलियतमा प्राप्त भएको हो ।

अहिलेसम्म कोभिसिल्ड, भेरोसेल, जानसेन, एस्ट्राजेनेका, फाइजर बायोन्टेक र मोडर्ना खोप नेपाल भित्रिएको छ ।

कुन खोप कति ?

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगतको आपूर्ति व्यवस्थापन शाखाका अनुसार अहिलेसम्म कोभिसिल्ड ९८ लाख ८७ हजार आएको छ ।

भेरोसेल १ करोड ९७ लाख ३६ हजार ४०० डोज भित्रिएको छ ।

जानसन खोप ३७ लाख ११ हजार ५०० डोज, एस्ट्राजेनेका ४३ लाख ५६ हजार ५६० डोज, फाइजर बायोन्टेक ७ लाख ६५ हजार १८० डोज, मोडर्ना ७६ लाख ५२ हजार डोज भित्रिएको छ ।

कति खरीद कति अनुदान ?

आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार २० लाख डोज कोभिसिल्ड र १ करोड डोज भेरोसेल गरी कुल १ करोड २० लाख खोप नेपाल सरकारले खरीद गरेको हो ।

दातृ निकाय र विभिन्न देशहरुले ११ लाख कोभिसिल्ड, ३८ लाख भेरोसेल, ५ लाख ६२ हजार ७२० डोज एस्ट्राजेनेका गरी कुल ५४ लाख ६२ हजार ७२० डोज अनुदानमा प्रदान गरेको छ ।

यस्तै कोभ्याक्स सुविधा मार्फत एसियाली विकास बैंक र विश्व बैंकले ५९ लाख ३६ हजार ४०० डोज भेरोसेल, ४० लाख ८०० डोज मोडर्ना गरी कुल ९९ लाख ३७ हजार २०० डोज खोप प्राप्त भएको छ ।

यस्तै कोभ्याक्स मार्फत अनुदानमा ३७ लाख ११ हजार ५०० डोज जानसेन, ३७ लाख ९३ हजार ८४० डोज एस्ट्राजेनेका, ७ लाख ६५ हजार १८० डोज फाइजर गरी कुल १ करोड २ लाख ३६ हजार १२० डोज खोप आएको छ ।

कोभ्याक्सर एएमसी मार्फत ६३ लाख ८७ हजार डोज कोभिसिल्ड र १६ लाख ८५ हजार ६०० डोज मोडर्ना गरी कुल ८० लाख ७२ हजार ६०० डोज खोप भित्रिएको छ ।

कति मौज्दात छ कोभिडविरुद्धको खोप ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियान सुरु भए देखि शुक्रबारसम्म कुल ४ करोड ५७ लाख ८ हजार ६४० डोज खोप मध्ये ३ करोड ३२ लाख ३७ हजार ८९० डोज खोप लगाईसकेको बताएको छ । यस हिसावले १ करोड २४ लाख ७० हजार ७५० डोज खोप मौज्दात रहनु पर्दछ ।

तर, मन्त्रालयले करीव २४ लाख डोज खोपको हिसाव नआएको भन्दै छानविन समिति समेत गठन गरि अनुसन्धान अघि बढाएको अवस्था छ । त्यसको हिसाव छाड्ने हो भने पनि करीव १ करोड डोज मौज्दात रहेको देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *