२५ दिन पछि डा. भुपेन्द्रको बढुवा बदर

828
Shares

काठमाडौँ, १८ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले वीर अस्पतालका प्रमुख डा भुपेन्द्रकुमार बस्नेतको एघारौँ तहको बढुवा गर्ने निर्णय बदर गरेको छ ।

सो समितिले २५ दिन अघि अर्थात २३ पुसमा डा बस्नेतलाई प्रमुख कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट पद एघारौँ तहमा बढुवाको लागि सिफारिस गर्ने निर्णय भएको जानकारी गोरखापत्रमा सूचना प्रकाशित गरी दिएको थियो ।

त्यतिखेर सूचना प्रकाशित गर्दा पनि रद्ध भइसकेको विज्ञापनमा बढुवा गरेको भन्दै बढुवा समितिको आलोचना भएको थियो । तर २५ दिन पछि आज सूचना प्रकाशित गर्दै बढुवा बदर गर्ने निर्णय गरेको पुन गोरखापत्रमा सूचना जारी गर्दै जानकारी दिएको छ ।

उसले डा बस्नेतको बढुवा भएको पद प्रमुख कन्सल्टेन्ट ग्यास्ट्रोलोजिष्ट पदको कार्यक्षमताको मुल्यांकनद्धारा हुने बढुवा सम्वनधी विज्ञापन गत १५ कात्तिकमै रद्ध गरिएको र त्यससम्वन्धी जानकारी राष्ट्रिय दैनिक पत्रिका, आयोगको बुलेटिन र आयोगको वेभसाइटमा पनि प्रकाशित भइसकेको भईसकेको रहेछ भन्दै २१ पुसको बढुवा सम्वन्धि निर्णय १४ माघमा बसेको समितिको पछिल्लो बैठकले बदर गरेको बताएको छ ।

राष्ट्रिय दैनिक, लोकसेवाको बुलेटिनमा सूचना आएको समेत थाहा नपाएको भन्दै बढुवा सम्वन्धी प्रक्रिया अघि बढाउने र अन्तिममा बदर गर्ने अवस्थामा पुग्नुले समितिको पदाधिकारीको कार्यक्षमता र नियतमा शंका गर्ने ठाँउ समेत प्रश्न उठेको छ ।

बढुवा बदर भएको सूचना

बढुवा भएको भन्दै २५ दिन अघि प्रकाशित सूचना

लोकसेवा आयोगले १५ कात्तिकमा रद्ध गरेको विज्ञापन

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *