काठमाडौँ महानगरले आज र भोली ६० वर्ष माथिकालाई बुस्टर डोज दिदै

304
Shares

काठमाडौं, १७ माघ । काठमाडौँ महानगरपालिकाले आज र भोलि (सोमबार र मंगलबार) ६० वर्ष माथिका जेष्ठ नागरिकलाई कोभिडबिरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।

उसले यसअघि बुस्टर डोज लगाउन छुटेका अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुले पनि लिन पाउने बताएको छ ।

महानगरका ३२ वटा वडाहरुमा वडा खोप समितिले तोकेका खोप केन्द्रहरु र स्वास्थ्य कार्यालय काठमाडौँ तोकेका अस्पतालहरुमा ६० वर्ष माथिकाले बुस्टर डोज खोप लगाउन पाउने बताइएको छ ।

खोप विहान १० देखि अपरान्ह ४ बजेसम्म लगाइन्छ । खोप लगाउनका लागि यसअघि लगाएको खोप कार्ड, उमेर खुल्ने परिचयपत्र साथमा लिएर जानुपर्ने महानगरले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *