सङ्खुवासभामा हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

खाँदबारी, २९ पुस । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ लिङ्गमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ। सुत्केरी हुन नसकेपछि भोटखोला–२ लिङ्गमकी २८ वर्षीया चिप्पयाङ्जम भोटेको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा भोटेको उद्धार गरिएको हो। सुत्केरी हुन हटिया स्वास्थ्यचौकी आएकी भोटेको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँको थापाथली प्रसूतिगृहमा लगिएको हो ।

भोटखोला गाउँपालिका स्वास्थ्य सहसंयोजक अमृता तामाङले आमा र बच्चाको अवस्था गम्भीर देखिएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएकाले काठमाडौँ लैजान सिफारिस गरिएको बताए ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *