अब ६० वर्ष माथिका र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई अतिरिक्त मात्रा खोप

348
Shares

काठमाडौँ, १९ पुस ।  सरकारले कोभिड १९ विरुद्धको खोप भेरोसेलको पूर्ण मात्रा लगाएको तीन महिना पुगेका ६० वर्ष माथिका नागरिकलाई थप मात्रा खोप दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोग प्रतिरोधात्मम क्षमता कम भएका तथा दीर्घ रोगहरुको समूह तोकी थप मात्रा खोप दिने निर्णय गरेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहका अनुसार अहिलेलाई ६० वर्ष वा सो भन्दा माथिका उमेर समूहका व्यक्तिहरु जसले भेरोसेल वा सिनोफार्मका खोप लगाएका थिए उनीहरुले थप मात्रा खोप लगाउन पाउनेछन् । त्यसका लागि पुरानो खोप कार्ड लिएर खोप केन्द्रमा जानु पर्नेछ । अर्को समूहमा मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, संक्रिय क्यान्सर रोगीहरु, अंग प्रत्यारोपणमा गरेका विरामीहरु, एचआईभी भएका विरामीहरु, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरु सेवन गरिरहेका विरामीहरुले पनि थप मात्रा खोप पाउने छन् । यस्ता व्यक्तिहरुले भने विगतमा जुन खोप लगाएको हो सोही खोप प्राप्त गर्नेछन् । तर त्यसका लागि उपचार गरेको कागजात लिएर जानुपर्नेछ ।

डा सिंहले तोकिएका व्यक्तिहरुले जिल्ला तथा स्थानीय तहका खोप केन्द्रहरुसंग समन्वय गरी खोप लगाउन सक्ने बताए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *